अन्तर्राष्ट्रिय

बंगाली भाषाकाे विरोधमा दार्जिलिङमा हड्ताल

नयाँ दिल्ली – पश्चिमी बंगालमा बंगाली भाषाको अनिवार्यताको विरुद्वमा संघर्षरत्त  गोर्खा जनमुक्ति मोर्चाले सोमबार एक दिने हड्ताल गरेको छ । मोर्चासँग आवद्व व्यक्तिहरूले पश्चिमी बंगाल सरकारले बंगाल भाषामा गरेको अनिवार्यताको विरोधमा दार्जिलिङ नजिकका सरकारी भवनहरुमा आगजानी गरेका छन्।

सरकारले भाषा अतिक्रमण गरेको भन्दै उनीहरूले एक दिने आम हड्तालको आह्वान गरेको मोर्चाका प्रमुख विमल गुरुङले सञ्चार माध्यमहरूलाई बताए । पश्चिमी बंगाल सरकारले बंगाल भाषालाई अनिवार्य बनाएकाले हड्तालको घोषणा गरेको मोर्चाका प्रमुख गुरूङले बताए । 

आन्दोलन उत्रेका ४ जनालाई बंगाल प्रहरीले नियन्त्रण लिएको र उनीहरुलाई भारत संविधानको धारा १४४ मा उल्लेख गरिए अनुसार अपराधिक कार्यको  विरूद्वको सजाय हुने जिल्ला प्रमुख जोयोसी दासगुप्ताले बताए। 

आन्दोलनका कार्यक्रमहरु चकिदै गर्दाे मोर्चाका प्रमुख गुरूङले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सुरक्षित हुनका लागि आह्वान गरेका छन् । पश्चिमी बंगालका मुख्यमन्त्री पार्थ चटर्जीले बंगाली भाषालाई अनिवार्य बनाउने निर्णय गरे पश्चात् उक्त क्षेत्रका नेपाली भाषीहरूले विभिन्न प्रकारका संघर्षका कार्यक्रमहरु गर्दे आएका हुन्।

आन्दोलनका कार्यक्रमहरु पश्चिमी बंगाल लगायत नेपाली भाषीको बाहुल्यता रहेको स्थानहरुमा भइरहेको छ । गत बिहिबार पश्चिमी बंगालकी मुख्य मन्त्री ममता बेनर्जीले पनि सार्वजनिक रूपमा नै बंगाल भाषामा अनिवार्यता ल्याउनुपर्ने धारणा व्यक्त गरेकी थिईन्। 

 

प्रकाशित: २९ जेष्ठ २०७४ १०:१७ सोमबार

बंगाली भाषाकाे विरोधमा दार्जिलिङमा हड्ताल