अन्तर्राष्ट्रिय

बद्रीनाथमा हेलिकप्टर दुर्घटना, १ को मृत्यु ,२ पाइलट घाइते

नयाँ दिल्ली –  शनिबार बिहान भारतको प्रसिद्व तीर्थस्थल बद्रीनाथमा तीर्थालु बोकेको एक हेलिकप्टर दुर्घटना भएको छ । उक्त दुर्घटनामा  परी १ जनाको मृत्यु भएको छ भने २ पाइलट घाइते भएका छन्।

उक्त हेलिकप्टरमा ५ तीर्थालु र पाइलट सवार थिए । हेलिकप्टरमा सवार अन्य ५ तीर्थालुहरू भने खतरामुक्त रहेका छन् । उडेको केही समयमा नै आकस्मिक रुपमा सन्तुलन गुमाउँदा हेलिकप्टर जमिनमा खसेको थियो । हेलिकप्टर दुर्घटना हुदाँ भाग्ने क्रममा त्यसको पङखाले काटेर एक जनाको मृत्यु भएको हो भने अन्य दुई जना घाइते भएका हुन् ।

घाइते पाइलटहरूलाई उपचारका लागि लगिसकिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

प्रकाशित: २७ जेष्ठ २०७४ ०७:४४ शनिबार

बद्रीनाथमा हेलिकप्टर दुर्घटना को मृत्यु पाइलट घाइते