उत्तर कोरिया – उत्तर कोरियाले बिहीबार बिहानै सफल रुपमा क्षेप्यास्त्रको परीक्षण गरेको छ । अन्तर्राष्ट्रिय प्रतिबन्ध तथा दबाबलाई वेवास्ता गरेर दक्षिण कोरियालाई लक्षित गर्दै उसले क्षेप्यास्त्र परीक्षण गरेको हो ।
उत्तर कोरियाले पछिल्लो ५ साता भित्र ४ क्षेप्यास्त्रको सफल परीक्षण गरिसकेको छ ।
गत साता अमेरिकाले जमिनबाट आक्रमण गर्न सकिने क्षमताको क्षेप्यास्त्र परीक्षण गरेको थियो । अमेरिकाको क्यालिफोर्नियामा स्थित एक हवाई अखडाबाट उक्त मिसाईल परीक्षण गरिएको अमेरिकाकी मिसाईल परीक्षण केन्द्र एमडीएले जनाएको थियो । अमेरिकाको यस कार्य प्रति आक्रोशित बनेको उत्तर कोरियाले पुन क्षेप्यास्त्र परीक्षण गरेको हो ।
उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको मान्यता विपरित मिसाइल परीक्षणलाई निरन्तरता दिइरहदाँ विश्व शान्तिमा बाधा पुगेको अमेरिकी रक्षा मन्त्रालय तर्क छ ।
एमडीए प्रमुख जिम साइरिङका अनुसार मिसाईल परीक्षण नै उत्तर कोरियालाई चेतावनी दिने एक प्रभावकारी उपाय भएको बताएका छन् ।
उत्तर कोरियाले गरिरहेको र आगामी दिनहरुका गर्न सक्ने मिसाईल परीक्षणको प्रतिउत्तरका लागि अमेरिकाले उक्त मिसाईल परीक्षण गरेको एमडीएले बताएको थियो ।उक्त परीक्षणले अमेरिका प्रतिरक्षाको लागि सक्षम र विश्वसनीय रहेको जवाफ उत्तर कोरियाले पाएको अमेरिकी रक्षा मन्त्रालयको दाबी थियो ।
परीक्षण गरिएको मिसाईललाई प्रशान्त महासागरको मार्शल आइल्याण्डमा खसालिएको जानकारी दिदै एमडीएले एक वक्तव्य जारी गरेको थियो ।
प्रकाशित: २५ जेष्ठ २०७४ ११:०७ बिहीबार