अन्तर्राष्ट्रिय

कतारलाई समर्थन गरे १५ वर्ष जेल

यूएई – यूएई सरकारले देशका  नागरिकले कतार प्रति सहानुभूति देखाएमा तत्कालै पक्राउ गरी १५ वर्षको जेल सजाय तोक्ने निर्णय गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको  आग्रहमा गत सोमबार  साउदी अरेबिया नेतृत्वको ६ राष्ट्रहरूले कतारसँगको कुटनीतिक सम्बन्ध विच्छेद गरेपछि कतारले इरान र टर्कीबाट खाद्यान्न आपूर्ति गर्न सुरु गरेको छ । 
  
कतारले इरानसँग मिलेर राजनीतिक अस्थिरता  तथा आतंकवाद बढाएको  भन्दै आक्रोशित भएका ६ मुलुकहरुले कतारसँगको सम्बन्ध विच्छेद गरेका थिए । साउदी अरेबिया भ्रमणको बेला अमेरिकी राष्ट्रपति ट्रम्पले कतार विरुद्व सबै खाडी मुलुकहरु एक हुनका लागि पे्ररित गरेका थिए । 

साउदी अरेबिया लगायतका अन्य मुलुकहरुले कतारसँगको स्थल हवाई तथा सामुद्रिक सीमाना बन्द गरेपछि कतारले इरान र टर्कीबाट खाद्यान्नको आपूर्ति गराउन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।   

आतंकवादी खतराबाट देशलाई जोगाउनका लागि भन्दै यी राष्ट्रहरुले कतारसँगको सम्बन्ध विच्छेद गरेका थिए । 

यूएई सरकारले नागरिकहरुले सामाजिक सञ्जालमा समेत कतारको समर्थन गर्दे धारणा राख्ने यूएई नागरिक जोसुकै लागि पनि तत्कालै पक्राउ गरी जेल सजाय दिन सकिने बताएको छ। 

प्रकाशित: २५ जेष्ठ २०७४ १०:३२ बिहीबार

कतारलाई समर्थन गरे १५ जेल