अन्तर्राष्ट्रिय

उत्तर कोरियालाई जवाफ दिन अमेरिकाको क्षेप्यास्त्र परीक्षण

वासिङटन—अमेरिकाले जमिनबाट आक्रमण गर्न सकिने क्षमताको क्षेप्यास्त्र परीक्षण गरेको छ। अमेरिकाको क्यालिफोर्नियास्थित एक  हवाई अखडाबाट उक्त मिसाइल परीक्षण गरिएको अमेरिकाकी मिसाईल परीक्षण केन्द्र एमडीएले जनाएको छ।

उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको मान्यताविपरीत गरेको मिसाईल परीक्षणलाई निरन्तरता दिइरहँदा विश्व शान्तिमा बाधा पुगेको अमेरिकी रक्षा मन्त्रालय तर्क छ।

उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको मान्यताविपरीत गरेको मिसाईल परीक्षणलाई निरन्तरता दिइरहँदा विश्व शान्तिमा बाधा पुगेको अमेरिकी रक्षा मन्त्रालय तर्क छ।

विश्वमा बढ्दै गएको तनावपूर्ण स्थितिमा प्रतिरक्षाको लागि मिसाईल परीक्षण गरेको अमेरिकी प्रतिरक्षा मन्त्रालयले बताएको छ। एमडीए प्रमुख जिम साइरिङका अनुसार मिसाईल परीक्षण नै उत्तर कोरियालाई चेतावनी दिने यो एक प्रभावकारी उपाय भएको बताएका छन् ।

उत्तर कोरियाले गरिरहेको र आगामी दिनहरुका गर्न सक्ने मिसाईल परीक्षणको प्रतिउत्तरका लागि अमेरिकाले मिसाईल परीक्षण गरेको  एमडीएले बताएको छ ।उक्त  परीक्षणले अमेरिका प्रतिरक्षाको लागि सक्षम र विश्वसनीय रहेको जवाफ उत्तर कोरियाले पाएको अमेरिकी रक्षा मन्त्रालयको दाबी छ।

परीक्षण गरिएको मिसाईललाई प्रशान्त महासागरको मार्शल आइल्याण्डमा खसालिएको थियो। उत्तर कोरियाले अन्तर्राष्ट्रिय तथा राष्ट्रसंघीय आलोचनाका बाबजुत पनि मिसाईल परीक्षणको श्रृंङखलालाई निरन्तरता दिँदै आएको छ। उसले पहिल्लो तीन सातामा तीन वट मिसाईल परीक्षण गरेको थियो। उत्तर कोरियालीले गरेको मिसाईल परीक्षणको केही दिन पश्चात् अमेरिकाले पनि प्रतिरक्षाको लागि सोही कदम अपनाउन बाध्य भएको अमेरिकी रक्षा मन्त्रालयको तर्क छ।

पछिल्लो पटक उत्तर कोरियाले गरेको मिसाईल परीक्षणले ४५० किलोमिटरको दुरी तय गरी सी अफ जापानमा खसेको थियो।

 

प्रकाशित: १७ जेष्ठ २०७४ ०५:४३ बुधबार

उत्तर कोरियालाई जवाफ अमेरिकाको क्षेप्यास्त्र परीक्षण