अन्तर्राष्ट्रिय

पाकस्तानी सैन्य शिविरमा भारतीय हमाला

नयाँ दिल्ली – भारत र पाकिस्तान छुटिने सीमा नजिकै रहेको पाकिस्तानी सैनिको शिविरमा भारतले बम हमला गरेको छ ।

भारतीय सैनिकले पाकिस्तानी सैनिक शिविरमा बम हमला गरेको पुष्टि गरेको छ । भारतीय सैनिकका प्रवक्ता अशोक नारुलले पाकिस्तानी सैनिकले भारत स्वशासित क्षेत्र कास्मिरमा विद्रोही लडाकूलाई प्रवेश गराउन सहयोग गरेपछि रोक्नका लागि बम हमला गरेको बताए ।

उनले कास्मिरमा थुप्रैको संख्यामा लडाकू रोक्न सफल हुनु भनेको नै कास्मिरमा रहेका युवालाई हतियार बोक्नबाट निराश पार्नु उद्देश्य रहेको प्रवक्ता नारुलको भनाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । 

भारतले पाकिस्तानी सैन्य अखडामा बम हमला गरेका बताएपनि पाकिस्तानले भने आफ्नौ कुनैपनि सैन्य शिविरमा क्षति पुगेको विषय अस्विकार गरेको बिबिसीले जनाएको छ । 

भारतीय सैनिक प्रवक्ता नारुलले भारतीय सेनाले कहिले पाकिस्तानी सेनाको शिविरमा आक्रमण ग¥यो भन्ने विषयमा ठोस जानकारी नदिएपनि उनले पछिल्ला केही दिनमै आक्रमण भएको मात्रै बताए । 

कास्मिरको नाउसेरा सेक्टरस्थित विवादित सीमालाई छुट्टाएको ‘लाइन अफ कन्ट्रोल’ नजिकै रहेको पाकिस्तानी सैन्य शिविर ध्वस्त बनाइएको फुटेज भारतीय सेनाले जारी गरेको छ । 

भारतीय सेनाको भनाईलाई पाकिस्तानी सैनिकका प्रवक्ताले प्रतिक्रिया दिदैं भारतको भनाईको खण्डन गरको बिबिसीले जनाएको छ । भारतले कास्मिरको नाउसेरा सेक्टरस्थित विवादित सीमालाई छुट्टाएको ‘लाइन अफ कन्ट्रोल’ नजिकै रहेको पाकिस्तानी सैन्य शिविर ध्वस्त बनाएको भन्दै सार्वजनिक गरेको विषय झुठो भएको पाकिस्तानी सेनाका मेजर जनरल आसिफ घाफोरको भनाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । कास्मिरको विषयमा भारत र पाकिस्तानकाबीच पछिल्लो समय चर्किरहेको विवादकाबीच भारतको पछिल्लो भनाई सार्वजनिक भएको बिबिसीले जनाएको छ । भारत स्वशासित कास्मिरमा पछिल्ला केही महिना हिंसाका घटनामा तीब्र वृद्धि भइरहेको छ । कास्मिरमा हिंसा बढ्नुमा पाकिस्तानको हात रहेको भारतले  पटक पटक आरोप लगाउँदै आइरहेपनि पाकिस्तानले भने भारतको उक्त आरोप पटक पटक अस्विकार गर्दै आइरहेको बिबिसीले जनाएको छ । 

विवादित कास्मिरलाई भारत तथा पाकिस्तानले आफ्नो भूभाग रहेको बताउँदै आएको छ । 

हिन्दूवादी भारतीय जनता पार्टीको सरकारले तीन वर्ष अघि भारतको शासन सत्ता सम्हालेदेखि नै पाकिस्तानविरुद्ध थप कडा नीति अवलम्बन गर्दै आइरहेको छ । भारत र पाकिस्तान दुवैले उत्तेजना बढाउनमा एक अर्कालाई दोष लगाउँदै आइरहेका छन् । 

प्रकाशित: १० जेष्ठ २०७४ ०५:१६ बुधबार

पाकस्तानी सैन्य शिविरमा भारतीय हमाला