अन्तर्राष्ट्रिय

उत्तर कोरियाली किमबारे ट्रम्पले भने– ‘चलाख नेता’

वासिङटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोन उनको ‘कठिन परिस्थितीसँग लड्न सक्ने’ क्षमताको प्रशंसा गरेका छन् । उनले अमेरिकी टेलिभिजन च्यानल सीबीएससँगको कुराकानीका क्रममा उनी एक ‘चलाख नेता’ भएको भनेका छन्।

उनी एक युवा नेता भएको र सानो उमेरमा नै कठिन परिस्थितिको सामना गर्न सक्ने क्षमता उनीमा विकास भएको ट्रम्पको भनाइ छ। कुराकानीका क्रममा उनले अमेरिकाले उत्तर कोरियाविरुद्ध गर्ने भनेको सैन्य कारवाहीको विषयमा भने केही पनि बताएका छैनन् ।

उत्तर कोरियाले पछिल्लो दुई हप्तामा गरेको मिसाइल परीक्षण असफल भएको छ। उत्तर कोरियाले गरेको मिसाइल परीक्षणको गतिविधिमा चीनले दिएको दबाबलाई उसले बेवास्ता गर्दै मिसाइल परीक्षणलाई निरन्तरता दिएको छ।

उत्तर कोरियाले लामो दूरीका मिसाइलमा साना परमाणु हतियार राख्न सकिने गरी मिसाइल परीक्षण गर्ने तयारीमा गरेको छ। जसले अमेरिकासम्म आक्रमण गर्न सकिने भनिएको छ।

उत्तर कोरियाले लगातार रुपमा आफ्नो परमाणु परीक्षणको गतिविधिलाई निरन्तरता दिइरहँदा कोरियाली प्रायद्वीपमा अहिले तनाव बढेको छ ।

प्रकाशित: १८ वैशाख २०७४ ११:२५ सोमबार

उत्तर कोरियाली किमबारे ट्रम्पले भने– चलाख नेता