अन्तर्राष्ट्रिय

टाइटानिक हेर्न जाँदा बेपत्ता भएकाे पनडुब्बीमा मात्र ३० घन्टा पुग्ने अक्सिजन बाँकी, खाेजी तिव्र

आन्ध्र महासागरमा डुबेको चर्चित जहाज टाइटानिकको भग्नावशेष हेर्न  जाँदा बेपत्ता भएको पर्यटक चढेको एउटा पनडुब्बीको खोजी जारी छ।  

आइतबार महासागरमामा हराएको पनडुब्बी अझै फेला पर्न नसकेको हो। ३,८०० मिटरको गहिराईमा रहेको टाइटानिकको भग्नावशेषस्थल जान  डुबुल्की मारेको १ घन्टा ४५ मिनेटमा नै पनडुब्बीसँगको सम्पर्क टुटेको हो ।

अमेरिकी तटीय सुरक्षाकर्मीका अनुसार टुर कम्पनी ओसियनगेटको पनडुब्बीमा वेलायत र पाकिस्तानका ५ जना धनाढ्यहरु सवार छन्।

जहाजमा अब ३० घन्टाको लागि मात्र पुग्ने अक्सिजन बाँकी रहेको बीबीसीले जनाएको छ।  

आठ दिने यो पर्यटकीय यात्राको टिकटको मूल्य साढे दुई लाख डलर (३ करोड २७ लाख रुपैयाँ नेपाली रुपैयाँ बराबर)लाग्छ।

क्यानडाको नौसेना, वायुसेना र तटीय गार्डका साथै न्यूयोर्क एयर नेशनल गार्डका उद्धार टोलीहरूले पनडुब्बीको खोजीमा सहयोग गरिरहेका छन्।

प्रकाशित: ६ असार २०८० ०२:३३ बुधबार

टाइटानिक हेर्न जाँदा बेपत्ता भएकाे पनडुब्बीमा मात्र ३० घन्टा पुग्ने अक्सिजन बाँकी खाेजी तिव्र आन्ध्र महासागरमा जहाज टाइटानिक