अन्तर्राष्ट्रिय

अमेरिकी पूर्वराष्ट्रपति बुशको स्वास्थ्यमा सुधार

हाउस्टन – अचानक अस्वस्थ भै गत शुक्रबार उपचारार्थ भर्ना भएका अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्ल्यु बुशको स्वास्थ्यमा केही सुधार आएको छ । उनी अझै अस्पतालमा उपचाररत छन् । 

उनको स्वास्थ स्थितिको जानकारी लिन उनकै पुत्र, अर्का पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुश अस्पताल पुगेका थिए।

 ९२ वर्षीय पूर्वराष्ट्रपति बुशलाई गत शुक्रबार अचानक लगातार कडा खोकी लागेकाले तत्कालै स्थानीय हाउस्टन मेथोडिस्ट हस्पिटल पुर्याइएको थियो । त्यहाँ डाक्टरी जाँचपछि उनलाई निमोनियाले ग्रस्त बनाएको पत्ता लागेको थियो । 

बयोवृद्ध बुशका पारिवारिक प्रवक्ता जिम म्याकग्राथले बताए अनुसार उपचारपछि शारिरीक शिथिलतामा कमी आएको, आराम महसूस भै फूर्ति बढ्नुका साथै उनको स्वास्थस्थितिमा क्रमिक सुधार आई बिहीबारसम्म स्थिर रहेको थियो । 

पूर्वराष्ट्रपति जर्ज एच डब्ल्यु बुशले सन् १९८९ देखि १९९३ सम्म चारवर्ष र उनका पुत्र जर्ज डब्ल्यु बुशले सन् २००१ देखि २००९ सम्म – दुई पटक गरी आठ वर्षसम्म अमेरिकाको राष्ट्रपति पदको कार्यभार सम्हालेका थिए ।

प्रकाशित: ८ वैशाख २०७४ ०५:४६ शुक्रबार

अमेरिकी पूर्वराष्ट्रपति बुशको स्वास्थ्यमा सुधार