अन्तर्राष्ट्रिय

हावामा विस्फोट भएको विमान सुपरमार्केट पछाडि खस्यो

पोर्चुगल— पोर्चुगलको एउटा सुपरमार्केट पछाडि विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक पाइलट, तीन यात्रु र एक पृथ्वीमा रहेका व्यक्ति भएको बताइएको छ।

प्रत्यक्षदर्शीका अनुसार विमान मध्य हावामा विस्फोट भएको थियो। सुपरमार्केट नजिकै खस्दा एक जना लरी चालकको मृत्यु हुन पुगेको बताइएको छ।

स्विटजरल्यान्डमा दर्ता रहेको सो विमान उडेको केही समयपछि विस्फोट भएको थियो। प्रत्यक्षदर्शीका अनुसार विमान मध्य हावामा विस्फोट भएको थियो। सुपरमार्केट नजिकै खस्दा एक जना लरी चालकको मृत्यु हुन पुगेको बताइएको छ।

विमान स्विस पाइलटले उडाएको र त्यसमा रहेका यात्रु फ्रान्सेली नागरिक रहेको पाेर्चगली अधिकारीले जनाएका छन्। मृतक लरी चालक पोर्चुगली नागरिक भएको अनुसन्धानबाट खुलेको छ।

विमान जल्दै भुइँमा खस्दा एउटा लरीसहित अन्य सवारी साधनमा समेत आगो लगोको थियो। नजिकै विमान दुर्घटना भएर खसेपछि सुपरमार्केटभित्र भागदौडा मच्चिएको थियो। सामान किन्न आएका ग्राहक चिच्याउँदै कुदेका थिए। विमान दुर्घटनाको कारण खुल्न सकेको छैन।

प्रकाशित: ५ वैशाख २०७४ १३:४६ मंगलबार

हावामा विस्फोट भएको विमान सुपरमार्केट पछाडि खस्यो