अन्तर्राष्ट्रिय

भारतमा मानसिक सन्तुलन गुमाएकी महिला बलात्कृत

नयाँ दिल्ली– भारतको नयाँ दिल्लीको पूर्वी क्षेत्रमा ६० वर्षीय प्रेम नामका पुरुषलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ। मानसिक अवस्था ठीक नभएकी महिलामाथि बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।  

महिला आफ्नो निवासमा एक्लै भएको अवस्था उनी माथि प्रेमले बलात्कार गरेको प्रहरीले बताएको छ। प्रेम श्रीनगरका बासिन्दा रहेको बताइएको छ। महिला भने न्यू सञ्जय अमर कोलोनीमा परिवारका साथ बस्दै आएकी थिइन्। उनकी आमा घरेलु कामदारका रुपमा काम गर्दै आइरहेकी छिन्। भने उनका बुबा भने तरकारी बेच्ने काम गर्छन्।

घरका अन्य सदस्यहरु बाहिर गएको समयमा उनका भाईले उनी बारे जान्नका लागि घरमा आउँदा बलात्कारीलाई ‘रेड ह्याण्ड’ भेटाई प्रहरीलाई घटना बारे जानकारी दिएका थिए।

प्रहरीले अपराधीलाई पक्राउ गरेपछि पीडित महिलाको स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल पुर्याइएको र बलात्कृत भएकाे परीक्षणपछि डाक्टरहरुको बताएका छन्।

प्रहरी उपरीक्षक नूपुरप्रसादका अनुसार उनलाई भारतीय ऐन दफा ३६५ अनुसार कारवाहीको प्रक्रिया अगाडि बढाइने बताइएको छ। पीडित महिला बच्चादेखि नै मानसिक रोगीका रुपमा उपचारमुक्त रहेकी थिइन्।


 

प्रकाशित: ४ वैशाख २०७४ ०९:५३ सोमबार

भारतमा मानसिक सन्तुलन गुमाएकी महिला बलात्कृत