अन्तर्राष्ट्रिय

अमेरिकाको आक्रमणबाट २० प्रतिशत सिरियन सैन्य विमान नष्ट

बेरुत- सिरियाको रासायनिक आक्रमणको विरुद्धमा अमेरिकाले गरेको क्षेप्यास्त्र हमलामा सिरियामा २० प्रतिशत सैन्य विमान नष्ट भएको अमेरिकाले दावी गरेको छ। मिसाइल हमलाका कारण सिरियाली विमानहरुले इन्धन भर्ने र हतियार लुकाउन सक्ने क्षमता गुमाएको अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसको भनाई छ।

रासायनीक आक्रमणको विरुद्धमा अमेरिकाले सिरियन हवाई केन्द्रलाई आधार बनाई क्षेप्यास्त्र प्रहार गरेको थियो। यस्तो अवस्थामा सिरिया माथि थप आत्रमण घातक हुने पनि अमेरिकी केही अधिकारीहरुले बताएका छन्।

बेलायत र अमेरिकी अधिकारीहरुले रुसले सिरियालाई दिएको समर्थन फिर्ता गराउन प्रयासरत रहेको बताएका छन्। सोमबार मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती महारानीबीच यस विषयमा टेलिफोन वार्ता भएको थियो।

 

प्रकाशित: २९ चैत्र २०७३ १०:१८ मंगलबार

अमेरिकाको आक्रमणबाट २० प्रतिशत सिरियन सैन्य विमान नष्ट