अन्तर्राष्ट्रिय

उत्तर कोरियाले भन्यो: अमेरिकाको प्रतिकार गर्न तयार छौं

उत्तर कोरियाको सामुद्रिक क्षेत्रमा युद्वपोत तैनाथ गरेपछि उत्तर कोरियाले पनि आफु युद्वको लागि तयार भएको बताएको छ। उत्तर कोरियाली विदेश मन्त्रालयले अमेरिकासँग सामना गर्नका लागि उत्तर कोरिया सरकारले आफ्नो शक्तिशाली हतियारको प्रयोग गर्ने चेतावनी दिएको छ।

उत्तर कोरियाले अमेरिकासँग जस्तो सुकै चुनौतीको सामना गर्न पछि नपर्ने विदेश मन्त्रालयले जनाएको छ। उत्तर कोरियाले आफ्नो देशको रक्षाको निम्ति परमाणु हतियारहरुको विकास र विस्तार गर्नु सही निर्णय भएको अहिले पुष्टि भएको भनेको छ।

अमेरिकाले पनि आफ्नो हितको लागि भन्दै उत्तर कोरियाली सामुद्रिक क्षेत्रमा युद्वपोत तैनाथ गरेको बताएको छ।

प्रकाशित: २९ चैत्र २०७३ ०९:२६ मंगलबार

उत्तर कोरियाले भन्यो अमेरिकाको प्रतिकार गर्न तयार छौं