अन्तर्राष्ट्रिय

४२ हजार फिटमा उडिरहँदा विमान यात्रुले बच्चा जन्माइन्

इस्तानबुल— कोन्क्राइ, गुयिनाबाट ब्रुकिनाफासोको लागि उडेको टर्किस एयरको एक विमानकी यात्रुले ४२ हजार फिटमाथि उडिरहँदा छोरी जन्माएकी छिन्। बोइङ ७३७ मा एक नाफी डेबि नाम गरेकी उनी २८ हप्ताकी गर्भवती थिइन्।  विमानमा उनले छोरीलाई जन्म दिएकी हुन्। छोरीको नाम काडिजु राखिएको छ।  

विमान अवतरण पश्चात् उनलाई अस्पताल लगिएको र अस्पताले आमा र बच्चा दुवैको स्वास्थ्य स्थिति सामान्य रहेको बताएको छ। एयरलाइन्सहरुले प्राय ३६ हप्तासम्मका गर्भवती महिलाहरुलाई विमान उडानका लागि अनुमती पत्र दिने गर्छन्।

विमानमा रहेका अन्य महिला यात्रीहरु तथा क्याबिन क्रुयूले उनलाई प्रसव पीडाको समयदेखी अस्पताल पुर्‍याउने कार्य सम्मका लागि सहयोग गरेका थिए। टर्कीस एयर लाइन्सले यो एक स्मरणीय घटना भएको भन्दै ट्वीट गरेको छ।

प्रकाशित: २८ चैत्र २०७३ १२:३२ सोमबार

४२ फिटमा उडिरहँदा विमान यात्रुले बच्चा जन्माइन्