अन्तर्राष्ट्रिय

सिरियाली विद्रोहीद्वारा थप आक्रमण गर्न अमेरिकालाई आग्रह

बेरुत– अमेरिकाले शुक्रबार सिरियामाथि गरेको मिसाइल आक्रमणको सिरियाली विद्रोहीले स्वागत गरेका छन् । उक्त आक्रमण पर्याप्त नभएको र अझै आक्रमण गर्नका लागि उनीहरुले आह्वान गरेका छन् ।

सिरियामा ६ वर्ष लामो द्वन्द्वको समयमा भएको यो पहिलो अमेरिकी आक्रमण हो । सिरियाली सरकारले अहिलेसम्ममा २६ हवाई आक्रमण गरिसकेको छ त्यसको तुलनामा अमेरिकाले शुक्रबार गरेको उक्त आक्रमण अपर्याप्त भएको भन्दै सिरियाली विद्रोही मध्ये एकले ट्वीटरमा ट्वीट गरेका छन्।

उनीहरुले राष्ट्रपति बशर अल अशदको शासन व्यवस्थाबाट सिरियाली जनतालाई मुक्त गराउनका लागि विश्व समुदाय लाग्नु पर्ने तर्क गरेका छन् । सिरियाली शासनप्रति आक्रोशित अमेरिकाले ५९ टोमाहक क्रुज मिसाइल प्रहार गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यायका लागि उक्त मिसाइल आक्रमण गरेको बताउँदै आएका छन् ।

सिरियाली सञ्चार माध्यमहरुले उक्त आक्रमणको निन्दा गर्दै “अमेरिकी ज्यादती” को संज्ञा दिएका छन् । 

 

प्रकाशित: २६ चैत्र २०७३ ०८:०४ शनिबार

सिरियाली विद्रोहीद्वारा आक्रमण गर्न अमेरिकालाई आग्रह