अन्तर्राष्ट्रिय

ट्रकको ठक्करबाट चार बालबालिकाको  मृत्यु


नयाँ दिल्ली – भारतको झारखण्डमा उच्चगतिमा गुडिरेहको ट्रकको ठक्करबाट चार बालबालिकाको मृत्यु भएको  छ ।

तीव्र गतिमा रहेको उक्त ट्रकले खुल्ला चउरमा सुतिरहेका चार बालबालिकालाई किचेको थियो  

प्रहरी अधिकृत राकेश नन्दन मिन्जका अनुसार उक्त समय सवैजना खुला आकाशमा निदाइरहेका थिए । 

घटनापछि ट्रक चालक फरार रहेको बताइएको छ । भारतमा कमजोर सडक संरचना, अत्यधिक भार, चालकको लापरबाहीका कारण सडक दुर्घटना बढी रहेने गरेको छ । 

भारतीय सडक यातायात मन्त्रालयका अनुसार सन् २०१५ मा पाँच लाख एक हजार ४२३ सडक दुर्घटनाका कारण एक लाख ४६ हजार १३३ जनाको मृत्यु भएको थियो भने पाँच लाखभन्दा बढी मानिस घाइते भएका थिए । रासस/सिन्ह्वा 

प्रकाशित: २३ चैत्र २०७३ ०९:४५ बुधबार

ट्रकको ठक्करबाट बालबालिकाको  मृत्यु