अन्तर्राष्ट्रिय

चिनयाँ रेल अब भारतमा गुड्ने, नागपुरका लागि ६९ चिनियाँ रेलको अर्डर

बेइजिङ– चीनको प्रख्यात रेल निर्माता कम्पनी सीसीआरसी कर्पोसन समक्ष भारतको नागपुरस्थित एक कम्पनीले ६९ रेल अर्डर गरेको छ। ३८ किलोमिटर लम्बाईका ती अत्याधुनिक रेलहरु दुई भारतका दुई सहरबीच जोड्न उपयोग हुनेछन्।

सिआरसीले भारतमा पहिलो अर्डर सन् २०१५ मा कोलकता सुरुङ मार्गका लागि १२२ वटा रेलको पाएको थियो।

सम्झौताअनुसार चिनियाँ कम्पनीले ती रेलहरुको १० वर्षसम्मको मर्मतसम्भार समेत हेर्नुपर्नेछ। सहरी क्षेत्रमा गुड्ने अत्याधुनिक रेल्वे पद्धति निर्माण भारतका लागि चुनौतीको विषय रहँदै आएको छ। त्यसैले चिनियाँ रेल उत्पादकले भारतलाई सम्भावित बजारको रुपमा लिएका छन्।

अत्याधुनिक सहरी सवारी साधन निर्माणका लागि सीआरसी कर्पोसेन चीनको प्रतिष्ठित कम्पनी मानिन्छ। सिआरसीले भारतमा पहिलो अर्डर सन् २०१५ मा कोलकता सुरुङ मार्गका लागि १२२ वटा रेलको पाएको थियो।

नागपुरमा रेल आपूर्ति गर्ने सम्झौता मार्च २७ मा भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। चिनियाँ कम्पनीले अंग्रेजी क्यालेन्डरअनुसार यही वर्षभित्रै सबै रेल अपूर्ति गर्ने जनाएको छ।
 

प्रकाशित: २० चैत्र २०७३ १२:१८ आइतबार

चिनयाँ रेल अब भारतमा गुड्ने नागपुरका लागि ६९ चिनियाँ रेलको अर्डर