अन्तर्राष्ट्रिय

भारतका झन्डै २०० प्रहरी अस्पताल भर्ना


नयाँ दिल्ली –भारतका झन्डै दुइसय अर्थसैनिक प्रहरी विषाक्त खानाका कारण अस्पताल भर्ना भएका छन्। 

भारतको दक्षिणी क्षेत्रमा पर्ने केरला राज्यमा भएको एक तालिममा खाना खाएपछि प्रहरीहरु विरामी भइ अस्पताल भर्ना गरिएको हो । 

सेन्ट्रल रिजर्भ पोलिस फोर्स (सिआरपीएफ)मा आवद्ध ती प्रहरी प्रशिक्षार्थीहरु र तालिममा रहेका अन्य सुरक्षाकर्मीले खानाको रुपमा भात र माछा खाएका थिए । 

अर्नाकुलम जिल्लामा शनिबार बेलुका साँझको खाना खाएपछि उनीहरु विरामी भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । रासस/एएफपी 

प्रकाशित: २० चैत्र २०७३ ११:२३ आइतबार

भारतका झन्डै २०० प्रहरी अस्पताल भर्ना