अन्तर्राष्ट्रिय

फिलिपिन्सको कम्युनिष्ट विद्रोही वार्ताका लागि तयार

मनिला – विश्वकै सबैभन्दा लामो समय सङ्घर्ष गरिरहेको फिलिपिन्सको कम्युनिष्ट विद्रोही समुहले युद्धविराम गर्ने बारेमा छलफल गर्न तयार रहेको जनाएको छ । 

गरिविको चपेटामा रहेको देश फिलिपिन्समा सन् १९६८ देखि कम्युनिष्ट विद्रोहीको द्वन्द्व सुरु भएको हो । यो अवधिमा अहिलेसम्म ३० हजार जनाको मृत्यु भएको छ । 

“जति सक्दो चाडो युद्धविराम गर्ने सहमति हुने विश्वास लिइएको छ,” विद्रोहीतर्फका मुख्य सहजकर्ता फिडेल अग्क्वोइलीले नेदरल्याण्डबाट शुक्रबार अवेर जारी विज्ञप्तीमा लेखिएको छ । 

उनले विज्ञप्तीमा भने, “विद्रोहीतर्फको सहजकर्ता टोली अधिकतम लचकताका लागि तयार छ, खुल्ला छलफल गर्न चाहन्छ, त्यसका लागि सरकारले वातावरण बनाउनु पर्दछ ।” 

सरकारी सहजकर्ता टोलीका प्रमुख सिल्भेस्ट्रो बेल्लोले आउदो हप्ता बार्ता हुने विश्वास व्यक्त गरे। उनले बार्ताका लागि सरकारपनि व्यग्र प्रतिक्षामा रहेको बताए । 

फिलिपिन्सको विद्रोही कम्युनिष्ट पार्टीमा झण्डै ४ हजार लडाकुहरु आबद्ध रहेका छन् । रासस/एएफपी 

प्रकाशित: १९ चैत्र २०७३ १०:५९ शनिबार

फिलिपिन्सको कम्युनिष्ट विद्रोही वार्ताका लागि तयार