अन्तर्राष्ट्रिय

पतिकै संलग्नतामा श्रीमतीको सामुहिक बलात्कार

नयाँ दिल्ली– भारतको उत्तर प्रदेशका एक व्यक्तिले साथीसँग मिलेर आफ्नी श्रीमतीको सामुहिक बलात्कार गरेका छन् ।

उनकी छोरीलाई छुरी देखाएर त्रास पैदा गरी आफ्नै श्रीमतीको  सामुहिक बलात्कार गरिएको खुलेको हो। पीडितले उनीविरुद्व रिपोर्ट दिएपछि प्रहरीले अपराधीलाई पक्रन सफल भएको हो। 

पीडित महिला आफ्नै घरमा सुतिरहेको समयमा उनका श्रीमान अन्य दुई पुरुषसँग  आएका र उनको सामुहिक बलात्कार गरेको पीडितले बताएकी छन्। उनलाई चिच्याउन नदिनका लागि उनीहरुले छोरीको गर्धनमा छुरी तेर्साएको र त्यसको प्रतिवाद गर्न खोजेमा उनकी छोरीलाइै छुरी रोप्ने धम्की दिई  सबैले पालै पालो उनीमाथि बलात्कार गरेको पीडितले प्रहरीलाई बताइन्।  

उनका श्रीमान्लाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ। 

प्रकाशित: १५ चैत्र २०७३ ०९:२९ मंगलबार

पतिकै संलग्नतामा श्रीमतीको सामुहिक बलात्कार