अन्तर्राष्ट्रिय

४० राष्ट्रद्वारा संयुक्त राष्ट्रसंघको बैठक बहिष्कार

काठमाडौं– अमेरिका, फ्रान्स, बेलायतलगायतका ४० राष्ट्रहरुले संयुक्त राष्ट्रसंघको विश्वव्यापी रुपमा आण्विक हतियारमा प्रतिबन्ध लगाउने सम्बन्धी सुरक्षा परिषद्को बैठक बहिष्कार गरेका छन्। 

१ सय २० भन्दा बढी सदस्य राष्ट्रहरु भने उक्त प्रस्तावको पक्षमा रहेका छन् । गत अक्टोबरमा भएको संयुक्त राष्ट्रसंघको सम्मेलनमा आणविक हातहतियारमा रोक लगाउने कानुनको घोषणा गरिएको थियो। उक्त कानुनमा वार्ता पनि भएको थियो। 

चीन, भारत, पाकिस्तानलगायतका राष्ट्रले उक्त कानुनको विपक्षमा मतदान गरेका थिए। सन् १९४५ मा नै आणविक हतियारका कारणले ठूलो क्षति व्यहोरेको देश जापानले समेत उक्त कानुनको विपक्षमा मतदान गरेको छ। 

राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले आणविक हतियारको उत्पादन तथा प्रयोगमा रोक लगाउनु राष्ट्रसंघको निर्णयको आलोचना गर्दै राष्ट्रिय सुरक्षाका लगि आणविक हतियार उत्पादन तथा प्रयोग एक महत्वपूर्ण भएको बताएकी छिन्। 

उनले भनिन्, 'उत्तर कोरिया जस्ता देशका कारणले पनि यो सम्भव हुन नसक्ने उनको तर्क थियो। पछिल्लो समयमा उत्तर कोरियाले विभिन्न शक्तिशाली आणविक हतियारको प्रयोग तथा उत्पादन गरेको छ।' 
  
 

प्रकाशित: १५ चैत्र २०७३ ०८:४९ मंगलबार

४० राष्ट्रद्वारा संयुक्त राष्ट्रसंघको बैठक बहिष्कार