अन्तर्राष्ट्रिय

अस्ट्रेलियामा भीषण आँधी

सिड्नी- अस्ट्रेलियाको क्विजल्याण्डको साइक्लोन टापु नजिकैको पर्यटकीय क्षेत्रमा बिशाल आँधी आएको छ। आँधीबाट त्यस क्षेत्रका हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। घरको झयाल ढोकालाई बालुवा भरिएको बोराले वरिपरि घेरिएको छ।

अस्ट्रेलियाको क्विजल्याण्ड प्रान्तकी सरकार प्रमुख एनसटेजा प्यालासेले उक्त घटनालाई आफ्नो राज्यको राक्षसको संज्ञा दिएकी छन्। २ सय ८३ किलोमिटर प्रतिघण्टाको वेगमा आएको आँधीले नयाँ चुनौती दिएको उनले बताइन्।

अस्ट्रेलियनहरुले यस चुनौतीसँग लड्नका लगि पूर्वतयारीका विभिन्न उपाय अपनाइसकेका छन्। त्यहाँको मौसम पूर्वानुमान विभगले भिषण हावाहुरी र वर्षाको सामना गर्नुपर्ने उल्लेख गरेको छ।

आँधीको प्रभावले सो क्षेत्रमा पर्यटकहरुले आफ्नो भ्रमण रद्द गरेका छन्। क्विजल्याण्ड सरकारले संकटकालीन अवस्थाको घोषणा गरी १ सय ८१ कलेज र २ सय ३२ स्कुल बन्द भएका छन्। आँधीले उडान पनि ठप्प भएको छ।

 

 

 

 

 

 

 

प्रकाशित: १५ चैत्र २०७३ ०६:०० मंगलबार

अस्ट्रेलियामा भीषण आँधी