अन्तर्राष्ट्रिय

ट्रम्पले चुने भारतीय मूलका थापरलाई न्यायाधीश

वासिङ्टन डिसी—अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय मूलका अमुल थापरलाई ‘युएस कोर्ट अफ अपिलमा ’न्यायाधीशको लागि नियुक्त गर्न प्रस्ताव गरेका छन्। उक्त जिम्मेवारीका लागि उनको नाम सिनेटले अनुमोदन गर्नुपर्ने हुन्छ। सरकारको विपक्षी पार्टीले समेत उनलाई न्यायाधीशको रुपमा जिम्मेवारी दिन तयार भएको भनी भारतीय मिडियाले उल्लेख गरेका छन्।

अमेरिकी न्याय सेवामा एकदमै महत्वपूर्ण तथा ठूलो मानिने उक्त पद प्राप्त गर्नका लागि सिनेटले सिफारिस् गर्नुपर्ने व्यवस्था छ। थापर सन् २००७ मा केन्टुकीका जिल्ला न्यायाधीश भएका थिए। उक्त पदमा पुग्ने उनी एक मात्र दक्षिण एसियाली नागरिक थिए।

चुनावी अभियानको क्रममा सर्वाेच्च अदालतका २० न्यायाधीशको नाममा समेत उनको नाम उल्लेख थियो।

उनी जर्ज टाउन विश्वविद्यालय तथा कानुन केन्द्रमा प्राध्यापकका रुपमा पनि कार्यरत रहेको भनी वासिङटन पोष्टले जनाएको छ। उनले क्यालिफोर्निया विश्वविद्यालयबाट कानुनको पढाइ पूरा गरेका थिए।

प्रकाशित: १० चैत्र २०७३ ०६:५४ बिहीबार

ट्रम्पले चुने भारतीय मूलका थापरलाई न्यायाधीश