अन्तर्राष्ट्रिय

बेलायतको संसद अगाडि आतंकवादी हमला, एकको मृत्यु, सांसदहरु भित्रै थुनिए

लन्डन—वेलायतको संसद भवन बाहिर आतंककारी हमला भएको छ। हमलामा एक जनाको मृत्यु भएको छ। संसद भवन रहेको वेष्टमिनिष्ट नजिकै आतंकवादी आक्रमण भएपछि सांसदहरुलाई संसद भवनभित्रै थुनिएका छन्।

संसद भवन रहेको वेष्टमिनिष्ट नजिकै आतंकवादी आक्रमण भएपछि सांसदहरुलाई संसद भवनभित्रै थुनिएका छन्।

बाहिर आतंकवादी आक्रमण भएको खबरले भित्र रहेका सांसदहरु चिन्तित रहेको बीबीसीले उल्लेख गरेको छ।

यसैबीच मध्य लन्डनको वेष्ट मिनिष्टर पुलमा प्रहरी कारवाहीमा एक जना महिलाको मृत्यु भएको छ। कारमा सवार व्यक्तिले सर्वसाधारणलाई अन्धाधुन्द ठक्कर दिएपछि सुरक्षाकर्मीको जवाफी कारवाहीमा घाइते भएकी महिलाको मृत्यु भएको हो। घटनामा थुप्रै घाइतेका छन्।
 

 

प्रकाशित: ९ चैत्र २०७३ १६:४५ बुधबार

बेलायतको संसद अगाडि आतंकवादी हमला एकको मृत्यु सांसदहरु भित्रै थुनिए