अन्तर्राष्ट्रिय

ब्रिटेनमा र अमेरिका उडानका क्रममा विद्युतीय उपकरण लैजान रोक

एजेन्सी – अफ्रिकी राष्ट्र लगायत ६ मुलुकबाट अमेरिका र ब्रिटेन सिधै उडानको क्रममा अब ल्यापटप, ट्यापलेट जस्ता विभिन्न विद्युतीय उपकरण लैजानका लागि बन्देज गरिएको छ । 
अफ्रिकी राष्ट्रसँगै टर्की, लेबनान, इजिप्ट, साउदी अरेबिया लगायत अन्य २ मुलुकलाई सिधै उडानबाट बेलायत जाँदा विद्युतीय उपकरण लानका लागि बन्देज गरिएको हो । अमेरिकी गुप्तचर संस्थाले गरेको एक अनुसन्धानले यस्ता डिभाईसहरूमा बम लुकाउन सकिने तत्थ्य पत्ता लागेको छ ।
प्रतिबन्धित उपकरणहरूमा ल्यापटप, क्यामारा, डिभिडी लगायतका इलेक्ट्रोनिक्स सामानहरू रहेको छ । अमेरिकामा मोबाइल तथा स्मार्टफोन भने लैजान पाइने व्यवस्था छ । यस नियमले दुबई अन्तर्राष्ट्रिय विमानस्थल, अवुदाबी अन्तर्राष्ट्रिय विमानस्थल, हमद् अन्तर्राष्ट्रिय विमानस्थल, कुवेत अन्तर्राष्ट्रिय विमानस्थल, किङ्ग खालीद अन्तर्राष्ट्रिय विमानस्थल लगायतमा १० विमानस्थलको उडानमा यसको प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ ।
यो नियम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न ६ मुस्लिम मुलुकहरू प्रति लगाएको यात्रा प्रतिबन्धसँग कुनै रुपमा पनि सम्बन्धित नभएको बताइएको छ ।
 

प्रकाशित: ९ चैत्र २०७३ ०६:१९ बुधबार

ब्रिटेनमा अमेरिका उडानका क्रममा विद्युतीय उपकरण लैजान रोक