अन्तर्राष्ट्रिय

‘युक्रेन युद्ध दशकौंसम्म हुन सक्छ’

फाइल तस्वीर

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले युक्रेन युद्ध दशकौंसम्म जारी रहन सक्ने बताएका छन्।

राष्ट्रपति पुटिनको शक्तिशाली सुरक्षा परिषद्का उपाध्यक्ष एवं पूर्व राष्ट्रपति दिमित्री मेदेभदेवले युक्रेनसँगको द्वन्द्व दशकौंसम्म जारी रहन सक्ने बताएका हुन्।

पूर्वप्रधानमन्त्री मेदेभदेवले भियतनाम भ्रमणका बेला त्यसो भनेको रुसी समाचार एजेन्सी आरआईएले जनाएको छ। ‘यो द्वन्द्व धेरै लामो समयसम्म चल्नेछ, सम्भवतः दशकौंसम्म चल्नेछ,’आरआईएले मेदभदेवलाई उद्धत गर्दै छापेको छ।

मेदभदेव प्रायः कडा टिप्पणी गर्छन्। गत महिना उनले युक्रेनी अधिकारीहरूलाई ‘सङ्क्रमण’का रूपमा वर्णन गरेका थिए। साथै उनले युक्रेनलाई ‘नाजी राज्य’ भनेका छन्। मस्कोले पनि शब्द दाबी दोहार्‍याउँदै आएको छ। गत जनवरीमा उनले रुस पराजित भए आणविक युद्ध सुरु गर्न सक्ने बताएका थिए।

प्रकाशित: १२ जेष्ठ २०८० ०७:५० शुक्रबार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पूर्वप्रधानमन्त्री मेदेभदेव आणविक युद्ध