अन्तर्राष्ट्रिय

सिरियामा भएको हवाई आक्रमणमा कम्तीमा ४२ जनाको मृत्यु

दमासकस – उत्तरी सिरियाको अलेप्पो राज्यमा पर्ने एउटा गाउँमा अवस्थित एक मस्जिदलाई लक्ष्यगरी भएको हवाई आक्रमणमा परी बिहीबार कम्तीमा ४२ जनाको मृत्यु भएको छ 
मस्जिदमा भएको यस आक्रमणमा परी मारिएका ती ४२ जना मध्ये अधिकांश आमनागरिक रहेका अनुगमनकर्ताहरूले जानकारी दिएका छन् । 
अलेप्पो राज्यको राजधानीदेखि पश्चिमतर्फ धेरै टाढा पर्ने जीनेअ भन्ने ठाउमा आक्रमण भएको सिरियन अब्जरभेटरी फर ह्युमन राईटस्ले जनाएको छ । 
घटनामा परी १० जना सिकिस्त घाइ्ते भएकामा अधिकांशको अवस्था गंभिर रहेको उद्धारकर्मीहरूले जनाएका छन् । सोही कारण मृतकको संख्या पनि अझ बढ्न सक्ने अनुमान गरिएको छ । 
सिरियामा सन् २०११ मा त्यहाँका राष्ट्रपति बसार अल असादको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछाडी गृहयुद्धमा परिणत भएको थियो । 
सो गृहयुद्धमा आतङ्ककारी समुह अल कायदा र इस्लामिक स्टेट (आइएस) को प्रभाव बढदै गयो । सिरियामा जारी यस युद्धमा परी सन् २०११ बाट हालसम्म ३ लाख १० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । 
त्यसैगरी लाखौं व्यक्ति घाइते भएका छन भने, लाखौ आफ्नो घर छोडी आफनै देशमा र छिमेकमा पर्ने देशमा शरणार्थीको जिवन विताउन बाध्य भएका छन् ।

प्रकाशित: ४ चैत्र २०७३ ०७:१५ शुक्रबार

सिरियामा भएको हवाई आक्रमणमा कम्तीमा ४२ जनाको मृत्यु