अन्तर्राष्ट्रिय

अमेरिकाको गाउँ किन्न चीनको चासो


एजेन्सी  – अमेरिकाको ओरेगन राज्यमा पर्ने ओरेगन नामको एउटा गाउँ ३.८ मिलियन डलरमा बिक्री हुने भएको छ । करिब ३५० जनाको बसोबास रहेको भनिएको उक्त गाँउ पोर्टल्याण्ड सहरबाट करिब ३६५ किलोमिटरको दुरीमा रहेको छ । 
उक्त गाउँमा रहेको तीन वटा घर , एक पेट्रोल स्टेसन, र एक पसल गरी एकमुष्ट रुपमा ३.८ मिलियन डलरमा किन्न सकिने बिबिसीमा उल्लेख छ । मानिसको कुनैपनि बस्ती नभएको यो गाउँ बिक्री गर्नका लागि भनी सन् २०१५ मा समेत भनिएको थियो । उक्त गाउँ नजिकै रहेको जंगलबाट काठ बिक्री गर्ने कार्यमा रोक लगाइएपछि गाउँका मानिसहरू अन्यत्र पलायन भएको बताइएको छ ।
उक्त गाउँमा एक प्राइमरी स्कूल पनि रहेको बताइएको छ । त्यही स्कूलमा पढाउने एक शिक्षक र एक पादरी त्यस गाउँमा बसोबास गरिरहेको बताइएको छ ।उक्त गाउँमा राज्यबाट आर्थिक सहयोग आउन छाडेको तथा कमजोर आर्थिक अवस्थाका कारणले त्यस गाउँबाट मानिसहरू अन्यत्रै पलायन भएको बताइएको छ ।
चिनियाँ नागरिकहरूले चिकित्सा शास्त्रको अध्ययन अध्यापन गराउनका लागि यस गाउँ किन्नलाई चासो देखाएका छन् ।
 

प्रकाशित: ४ चैत्र २०७३ ०६:१५ शुक्रबार

अमेरिकाको गाउँ किन्न चीनको चासो