अन्तर्राष्ट्रिय

बङ्गलादेशमा आत्मघाती आक्रमण

बङ्गलादेश –  बङ्गलादेशमा दुई आत्मघाती आतङ्ककारीले बम बोकी बिस्फोट गराएका छन् । बङ्गलादेशको बन्दरगाह सहर चटगाउँको बाहिर इलाकामा अतिबादी लुकेर बसेको स्थानमा गस्तीका रहेका प्रहरीलाई लक्ष्यगरी सो आक्रमण गरेका प्रहरी अधिकारीले जानकारी दिएका छन् । 

बिहीबार भएको यस आत्मघाती आक्रमणमा परी एक महिलासहित दुई व्यक्तिको मृत्यु भएको प्रहरीेले पुष्टि गरेका छन् । 

तर राष्ट्रिय प्रहरी प्रमुख ए के एम साहिदुल होक्येले एएफपी समाचार समितिलाई दिएको एक जानकारीअनुसार सो आक्रमणमा एक महिलासहित तीन आतङ्ककारी मारिएका दुई जना प्रहरी घाइते भएका अनुमान गरिएको छ । 

उक्त आत्मघाती आक्रमण भएको स्थानमा प्रहरीले भवनलाई केही घन्टासम्म घेरा लगाएको बताइएको छ । 

यस भीषण विस्फोटमा परी मारिनेको शवका टुक्राहरु २५ देखि ३० मिटरसम्म टाढा पुगेको आतङ्कवाद विरुद्ध समुहका प्रहरी उपनिरीक्षक सन्वार हुसेनले बताए ।

प्रकाशित: ३ चैत्र २०७३ ०९:५१ बिहीबार

बङ्गलादेशमा आत्मघाती आक्रमण