अन्तर्राष्ट्रिय

सिरियाको आतङ्ककारी हमलामा २५ जनाको मृत्यु


सिरिया – सिरियाको अदालत क्षेत्रमा भएको आत्मघाती हमलामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ  भने धेरैको सङ्ख्यामा घाइते भएका छन् । उक्त हमलालाई सुरक्षाकर्मीले रोक्ने प्रयास गरे पछि आक्रमणकारीले नै विष्फोट गराइ घटना घटाएको खुलेको छ ।
उक्त घटनाको जिम्मेवारी अहिलसम्म कसैले पनि लिएको छैन । हमलालाई सिरियाली राष्ट्रपतिको शासन विरुद्वको संघर्ष को नाम दिइएको छ । राष्ट्रपति विरुद्वको संघर्षको घटना यो सहित ६ पटक घटिसकेको छ । 
सिरियामा हालसम्म गृह युद्वका कारण करिव ४ लाख मानिसले ज्यान गुमाइसकेका छन्।

प्रकाशित: ३ चैत्र २०७३ ०५:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App