अन्तर्राष्ट्रिय

सिरियाको युद्धग्रस्त क्षेत्रमा पुग्यो राहत सामाग्री

सिरियाको युद्धग्रस्त क्षेत्रमा राहत सामाग्री बोकेका ट्रक तथा सवारी साधनहरु पुगेका छन्। नोभेम्बर यता सिरियाका युद्धग्रस्त चार सहरहरुमा राहात सामाग्री बोकेका कुनै पनि सवारी साधन पुग्न सकेका थिएनन्।

सिरियाका चार सहरहरुलाई सरकारी तथा विद्रोही पक्षद्धारा घेराउ गरिएको थियो। राहत सामाग्रीहरुमा खानेकुरा तथा औषधीहरु रहेको र उक्त सामाग्री करिब ६० लाख जनताहरुलाई लक्षित गरेर लगिएको राष्ट्रसंघले जनाएको छ।

मानवीय सहायता सम्बन्धी राष्ट्रसंघीय संयोजक केभिन केनेडीका अनुसार यस अघि पनि चारवटा राहत सामग्री बोकेका ट्रक पठाउन पनि आफु र आफ्नो संस्थाले अनुरोध गरेको उनले बताइन्। राष्ट्रसंघले उत्तर क्षेत्रमा राहत सामग्री पुर्‍याउन गत वर्ष नै प्रयास गरेको तर प्रयास सफल नभएको समेत उनले बताइन्।

प्रकाशित: २ चैत्र २०७३ १०:४४ बुधबार

सिरियाको युद्धग्रस्त क्षेत्रमा पुग्यो राहत सामाग्री