अन्तर्राष्ट्रिय

भारतमा सुत्केरी बिदा ६ महिना

नयाँदिल्ली– भारतमा सरकारी तथा निजी दुबै क्षेत्रमा कार्यरत महिलाहरुले पाउने बिदालाई १२ हप्ता(३ महिना)बाट बढाएर २६ हप्ता(६ महिना) पुर्याइएको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार उक्त प्रस्ताव सम्बन्धी विधेयकलाई त्यहाँको लोक सेवाले पारित गरेको छ। उक्त विधेयकलाई राज्यसभाले पहिले नै पारित गरिसकेको थियो।

यस नियमको कार्यान्वयनले निजी तथा सरकारी क्षेत्रमा गरी करिब १८ लाख महिलाहरुले यस्तो सुविधाको उपयोग गर्न पाउने छन्। नियममा भनिए अनुसार यो बिदा दुई सन्तान हुदाँसम्मका लागि लागू हुने भनिएको छ। दुईभन्दा बढी सन्तान भएका त्यस्तो समयमा जम्मा १२ हप्ताको मात्र बिदा पाउने व्यवस्था नै लागू हुने भनिएको छ। 

पछिल्लो समयको तथ्यांकअनुसार भारतमा भन्दा बढी सुत्केरी बिदा क्यानडा र नर्वेमा मात्र दिने गरिएको छ।

प्रकाशित: २७ फाल्गुन २०७३ ११:५१ शुक्रबार

भारतमा सुत्केरी बिदा ६