अन्तर्राष्ट्रिय

ट्रम्पको कार्यकारी आदेशविरुद्ध मुद्दा दायर

वासिङटन डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि मात्रै जारी गरेको ६ मुस्लिम राष्ट्रहरुलाई अमेरिका प्रवेशमा रोक लगाउने कार्यकारी आदेशविरुद्ध अदालतमा मुद्दा दायर भएको छ। 

कार्यकारी आदेशविरुद्ध अमेरिकी राष्ट्रहरुले अदालतमा मुद्दा जाहेर गरेका हुन्। ट्रम्पले कार्यकारी आदेश नै जारी गरेर ९० दिनसम्मका लागि ती देशहरु लाई  अमेरिका यात्रा गर्नका लागि प्रतिबन्ध लगाएका थिए। 

उनको यस निर्णयविरुद्धमा सुरुमा हवाइ राज्यले मुद्दा हालेको थियो। यस लगत्तै न्युयोर्क वासिङटन, मासाच्युसेट, वासिङटनले समेत उक्त मुद्दामा सहमती जनाएका छन् । त्यसका साथै दुई राज्यहरु मिनिसोटा तथा ओरेगन भने मुद्दा हाल्ने तयारीमा रहेको बताइएको छ।

उनले दिइएको पहिलो पटकको कार्यकारी आदेश अदालतबाट स्वीकृत भएको थिएन भने दास्रो पटक भने अदालतले ६ मुस्लिम देशविरुद्ध ९० दिन र शरणार्थीहरुका लागि १२० दिन अमेरिका प्रवेशमा रोक लगाएको थियो।

उक्त कार्यकारी आदेश मार्च १६ तारिखबाट लागू हुने भनिएको भएपनि यसविरुद्ध उल्लेखित राष्ट्रहरुले मुद्दा दायर गरिसकेका छन्। 

प्रकाशित: २७ फाल्गुन २०७३ ११:०५ शुक्रबार

ट्रम्पको कार्यकारी आदेशविरुद्ध मुद्दा दायर