अन्तर्राष्ट्रिय

अमेरिकामा शक्तिशाली आँधी, ट्रेन–ट्रयाक्टरमा क्षति, उडान अवरुद्ध

वासिंगटन डिसी– संयुक्त राज्य अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा बिहीबार गएको तीव्र गतिको शक्तिशाली आँधीले ठूलो विनाश गराएको छ। उक्त आँधीले ट्याक्टर, हवाइजहाज तथा ट्रेनसमेत क्षति पु¥याएको छ ।  

अमेरिकी जल तथा मौसम विज्ञान महाशाखाका अनुसार प्रतिघण्टा ५० देखि ७० एमपिएचको गतिमा चलेको आँधी अमेरिकाको मध्यपूर्वी क्षेत्र समुद्री सतहबाट क्यानडातर्फ चलेको थियो । ब्याटाभियामा रहेको एक रेललाई आँधीले प्रभावित पुर्याउँदा दुर्घटना भएपनि यात्रुहरु भने घाइते हुनबाट जोगिएका थिए ।

आँधीका कारण पश्चिमी न्यूर्याकको सडक यात्रा तथा जनजीवन कष्टकर हुँदै गएको बताइएको छ।

स्थानीयका अनुसार ‘भयानक तथा शक्तिशाली आँधीका कारण न्युयोर्कबासीहरु आफ्नो यात्रा र गन्तव्यमा पुग्न नसकेको अवस्था छ।’

आँधीको असरका कारणले ट्याक्टर आफ्नो गन्तव्यमा पुग्न नसकि बाटोमा नै पल्टिएको थियो। एउटा खेलकुद कार्यक्रमका शिलशिलामा वासिङटनतर्फ जान लागेको हवाइजहाजले पनि आँधीका कारणले उडान रद्द गरेको थियो । 

जहाज उडान प्रभावित भएपछि खेलकुद टिमले अन्य वैकल्पिक उपाय अपनाएर वासिङटन जाने तयारी गरिरहेको ट्विटर मार्फत् जनाएको छ।

न्युयोर्कमा बिहिबार बिहानीपख आएको उक्त आँधीले उत्तरपूर्वी क्षेत्रका नागरिकमा त्रास उत्पन्न गरेको छ। 

 

प्रकाशित: २६ फाल्गुन २०७३ ११:३० बिहीबार

अमेरिकामा आँधी ट्रेन–ट्रयाक्टरमा क्षति उडान अवरुद्ध