अन्तर्राष्ट्रिय

उत्तर कोरियाकाे मिसाइल प्रक्षेपणप्रति चीनको आपत्ति

बेइजिङ– उत्तर कोरियाले गरेको मिसाइल परीक्षणले विश्वको ध्यान आकर्षण भइरहेका बेला चीनले उत्तर कोरियालाई यस्तो गतिविधि रोक्न प्रस्ताव गरेको छ । उत्तर कोरियाले भने अमेरिका र दक्षिण कोरियाले पनि सैन्य प्रशिक्षण रोक्नुपर्ने बताउँदै आएका बेला चीनका विदेशमन्त्री वाङ यीले यस्तो गतिविधि रोक्न दक्षिण कोरिया र अमेरिकालाई पनि आग्रह गरेका हुन् । 

सोमबार अन्तर्राष्ट्रिय मान्यताविरुद्व तथा संयुक्त राष्ट्रसंघको नियमविरुद्व उत्तर  कोरियाले गरेको मिसाइल परीक्षणको जवाफका रुपमा चीनले यस्तो प्रतिक्रिया दिएको विदेश मन्त्री यीले बताए।

उनले तनाव कम गर्ने तथा पारस्परिक मेलमिलापका लागि सैन्य दिशातर्फ कुनै पनि राष्ट्र जानु नहुने बताएका छन् ।

चार मध्ये तीन मिसाइल जापानको एक्सक्लुसिभ इकोनोमिक जोनभित्र खसेको थियो । उक्त क्षेत्रलाई जापानी प्रधानमन्त्री सिन्जो अबे तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खतराको नयाँ चरण भएको बताउँदै आएका छन् । 

 

प्रकाशित: २५ फाल्गुन २०७३ ०७:४३ बुधबार

उत्तर कोरियाकाे मिसाइल प्रक्षेपणप्रति चीनको आपत्ति