अन्तर्राष्ट्रिय

मलेसिया र उत्तरकोरियाबीच कूटनीतिक दोहोरी

उत्तर कोरियाले आफ्नो देशमा रहेका मलेसियन नागरिकहरुलाई मलेसिया फर्किन नदिने बताएको छ। मलेसियाका प्रधानमन्त्री नजिब रजाबका अनुसार उतर कोरियाले त्यहाँ रहेका मलेसियनहरु लाई मलेसिया फर्कनका लागि बन्देज लगाएको छ।

त्यसको प्रतिउत्तरमा मलेसियन सरकारले पनि मलेसियामा रहेका उतर कोरियाली नागरिकहरुलाई उत्तर कोरिया फर्कन नदिने प्रधानमन्त्री नजिब रजाबले बताएका छन्। उनका अनुसार मलेसिया स्थित क्वालालम्पुरमा रहेको उत्तर कोरियाली दूताबासलाई सुरक्षाकर्मीले घेरेका छन्।

उत्तर कोरियामा रहेको मलेसियन दूतावासका अनुसार त्यहाँ रहेका मलेसियन नागरिकहरुलाई उत्तर कोरिया प्रवेशमा रोक लगाएको औपचारिक रुपमा नै घोषणा गरेको छ। मलेसियाले उत्तर कोरियाको यो अभिव्यक्तिलाई कूटनीतिक मर्यादा विपरित भएको भन्दै निन्दा गरेको छ।

गत साता मलेसियामा भएको हत्या प्रकरण यस्तो हुनुको कारण बनेको हो। उक्त  हत्याकाण्डमा उत्तर कोरियाको नै संलग्नता रहको आशंकाका साथ मलेसियन अनुसन्धान टोलीले अनुसन्धान थाले पछि उत्तर कोरियाले मलेसियासँग बदलाको भावना अनुरुप कदम चालेको हो।

 

प्रकाशित: २४ फाल्गुन २०७३ १०:५८ मंगलबार

मलेसिया उत्तरकोरियाबीच कूटनीतिक दोहोरी