अन्तर्राष्ट्रिय

इराकबाहेक ६ मुस्लिम राष्ट्रका नागरिकलार्इ अमेरिका प्रवेश राेक

वासिङटन डिसी– अमेरिकाले इराकबाहेक अन्य ६ मुस्लिम राष्ट्रहरुलाई अमेरिको नयाँ भिसा दिन रोक लागाएको छ। 

सिरिया, सोमालिया, सुडान, यमन, इरान र लिबियाका नागरिकलाई नयाँ भिसा दिन प्रतिबन्ध लगाउने आदेशमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेका हुन् । यसअघि जनवरीमा जारी सूचीमा इराकसहितका देशका नागरिकलाई नयाँ भिसा नदिने भनिएको थियो । 

इराकीहरुलाई अमेरिका प्रवेशका लागि अन्य उपायहरु अपनाइने गरी उक्त  राष्ट्रलाई तत्कालका लागि यो सूचीबाट हटाइएको बताइएको छ । तर ट्रम्पका आलोचकहरुले भने यस्तो निर्णयलाई धार्मिक विभेदको रुपमा अर्थ्याएका छन्। 

ट्रम्प प्रशासनले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि ती मुसलमान देशहरुलाई अमेरिका प्रवेशमा रोक लगाएको बताएको छ। यसलाई अमेरिकाले प्रभावकारी उपाय पनि भनेको छ। ट्रम्प प्रशासनका

अधिकारीहरुले समेत यी राष्ट्रका नागरिकहरुलाई अमेरिका प्रवेशका लागि रोक लगाएर ट्रम्प सरकारले राष्ट्रिय सुरक्षाका लागि एकदमै सराहनीय काम गरेको बताएका छन्।

१६ तारिखबाट लागू हुने भनिएको ट्रम्प उक्त कार्यकारी आदेशमा १ सय २० दिनको लागि प्रतिबन्ध लगाएको छ। 

आतंकवादको धम्कीबाट देशलाई मुक्त बनाउन दिइएको उक्त आदेशलाई अदालतहरुले रोक लगाएका थिए । उक्त रोक अहिले पनि जारी नै रहेको जानकारी बिबिसीले दिएको छ ।

विदेशमन्त्री रेक्स टिलर्सन, महान्यायधिवक्ता जेफ सेसन्स, र होमल्याड सेक्युरिटीका प्रमुख जन केलीले उक्त आदेशका बारेका सोमबार एक पत्रकार सम्मेलन गरी जानकारी दिएका थिए । 

पहिलो कार्यकारी आदेश जुन जनवरी २७ तारिखमा गरिएको थियो उक्त आदेशमा इरान, लिबिया, इराक, सोमालिया, सुडान, यमन, गरी सात मुलुकहरुलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइएको थियो। 

 

प्रकाशित: २४ फाल्गुन २०७३ ०८:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App