अन्तर्राष्ट्रिय

सोमालियामा भोकमरी, १ सय १० को मृत्यु

भोकमरीका कारणले सोमालियामा १ सय १० जनाको मृत्यु भएको छ। पछिल्लो ४८ घण्टामा १ सय १० जनाको भोकमरीका कारण ज्यान गएको सोमालियाका प्रधानमन्त्री हसन अली हयारीले बताएका छन्। खडेरीका कारण सोमालियामा भोकमरी समस्या आएको उनले बताएका छन्।

देशको दक्षिण पश्चिमी क्षेत्रमा भोकमरीका कारण्ले यतिका मान्छेको ज्यान गएको उनले बताएका छन्। भोकमरी र खडेरीको चपेटामा परेका अन्य क्षेत्रका जनताहरुको अवस्थाका बारेमा भने जानकारी पाउन नसकिएको बिबिसीले जनाएको छ।

अहिलेको अवस्थाका सोमालियाका ३० लाख जनताले खाद्यान्न संकट भोगिरहेका छन्। खडेरीका कारणले यस्तो संकट अझै बढ्ने देखिएको संयुक्त राष्ट्र संघले जनाएको छ।

सन् २०१० देखि २०१२ सम्ममा झन्डै २ लाख ६० हजार मानिसहरु भोकमरी कै कारणले ज्यान गुमाएका छन्। सोमालिया लगायतका अफ्रिकी राष्ट्रहरु सुडान, नाइजेरिया लगायतका मुलुकहरु अहिले भोकमरीको चपेटामा परेको देखिन्छ। राष्ट्रसंघले त्यस्ता देश र जनताको सहयोगका लागि विश्वका अन्य मुलुक सँग अपिल गरेको छ।

 

प्रकाशित: २२ फाल्गुन २०७३ १०:४३ आइतबार

सोमालियामा भोकमरी १० को मृत्यु