अन्तर्राष्ट्रिय

पश्चिम भारतमा सडक दुर्घटनामा सत्र जनाको मृत्युृ

नयाँ दिल्ली (भारत)- पश्चिम भारतको राजस्थानमा शुक्रबार जिप र ट्रक एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा तीन महिलासहित १७ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ।

घटनामा अन्य घाइते भएका छ जनालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

हनुमानगढ जिल्लाको लाखुवाली सहरमा भएको उक्त घटनामा सडकमा उभिरहेका केही व्यक्तिको समेत मृत्यु भएको बताइएको छ।

यात्रुले खचाखच जिप र विपरित दिशाबाट आएको ट्रक एकआपसमा जुधेपछि सडक छेउमा उभिएका स्थानीयलाई समेत धक्का दिन पुगेको र १७ जनाका घटनास्थलमै मृत्यु भएको भारतीय वरिष्ठ प्रहरी अधिकारी पुष्पेन्दर सिंहले बताए।

प्रारम्भिक अनुसन्धानबाट घटना चालकको लापरवाहीका कारण भएको देखिएको छ भने थप अनुसन्धान जारी रहेको सिंहले बताए।

भारतमा कमजोर ग्रामीण सडक संरचना र चालकको लापरवाहीका कारण हरेक वर्ष दशौँ हजार मानिसको मृत्यु हुनेगर्छ।

भारतीय सडक यातायात मन्त्रालयले दिएको जानकारी अनुसार सन् २०१५ मा भएका पाँच लाख एक हजार ४२३ सडक दुर्घटनामा एक लाख ४६ हजार १३३ मृत्यु भएको र पाँच लाख २७९ व्यक्ति घाइते भएका थिए। रासस/सिन्ह्वा
 

 

प्रकाशित: २० फाल्गुन २०७३ १३:१३ शुक्रबार

पश्चिम भारतमा सडक दुर्घटनामा सत्र जनाको मृत्युृ