अन्तर्राष्ट्रिय

तालिवान प्रमुख कमाण्डर पक्राउ, भिडन्तमा तीनको मृत्यु

अफगानिस्तान—अफगानिस्तानको उत्तरी प्रान्त बाघलानको ताल ओ बार्फाकमा सरकारी सुरक्षाबल र तालिवान आतङ्ककारीबीच भएको झपडका क्रममा तालिवानी प्रमुख कमाण्डर पक्राउ परेका छन्। उनका नजिकैका तीन सहयोगी मारिएका छन्।

कारबाहीको क्रममा जारी झडपमा तालिवानका प्रमुख कमाण्डर कारी बहाउलिन पक्राउ परेका छन् भने उनका नजिकका तीन सहयोगी मारिएका प्रहरी प्रवक्ता महफोजुल्ललाह अक्बरीले बुधबार जानकारी दिएका छन्।

कारबाहीको क्रममा जारी झडपमा तालिवानका प्रमुख कमाण्डर कारी बहाउलिन पक्राउ परेका छन् भने उनका नजिकका तीन सहयोगी मारिएका प्रहरी प्रवक्ता महफोजुल्ललाह अक्बरीले बुधबार जानकारी दिएका छन्।

बर्फाक जिल्लामा गत दुई दिनयता तालिवान विद्रोहीहरु सरकारी सुरक्षाबलविरुद्ध शृखलाबद्ध रुपमा आक्रमण गर्दै आएका थिए। सुरक्षा बलको प्रतिकार गर्दा एक प्रमुख कमाण्डर पक्राउ परेका हुन्। उनका तीन सहयोगी मारिएको अफगानी मिडियाले जनाएका छन्। रासस/सिन्ह्वा

प्रकाशित: १८ फाल्गुन २०७३ ०८:४७ बुधबार

तालिवान प्रमुख कमाण्डर पक्राउ भिडन्तमा तीनको मृत्यु