अन्तर्राष्ट्रिय

क्यालिफोर्नियामा विमान दुर्घटना

लस एन्जेलस(अमेरिका)- अमेरिकाको क्यालिफोर्निया राज्यमा सोमबार एक सानो विमान दुर्घटना हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन्।

तीन जना सन्तानसहित एक दम्पत्तिलाई सान जोसेबाट लिएर आएको विमान दुर्घटनाग्रस्त भएको हो।

लस एन्जेलस महानगरको आनाहेइममा भएको एक प्रतियोगिताबाट उनीहरु आफ्नो घरतर्फ फर्किएका थिए।

स्थानीय समयअनुसार बेलुका ४:४५ बजे सो विमान दुर्घटनाग्रस्त भएको थियो। रासस/सिन्ह्वा

 

प्रकाशित: १७ फाल्गुन २०७३ १३:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App