अन्तर्राष्ट्रिय

बंगालको खाडीमा चक्रवात, लाखौं मानिस प्रभावित

फाइल तस्वीर

बंगालको खाडीमा आएको शक्तिशाली चक्रवातका कारण बंगलादेश र म्यान्मारको तटीय क्षेत्रमा ठुलो बाढी आउन  सक्ने देखिएको छ।

सम्भावित बाढीको जोखिममा रहेका दक्षिण-पूर्वी बंगलादेशका विभिन्न स्थानबाट झन्डै पाँच लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। चक्रवातका कारण बंगालादेशको कोक्स बजारस्थित शिविरमा रहेका रोहिंगा शरणार्थी सबैभन्दा बढी जोखिममा पर्ने देखिएको छ। त्यस शिविरमा करिब १० लाख शरणार्थी छन्।

बंगालको खाडीमा आएको शक्तिशाली चक्रवातका कारण बंगलादेश र म्यान्मारको तटीय क्षेत्रमा ठुलो बाढी आउन  सक्ने देखिएको छ।

‘मोका’ नाम दिइएको उक्त चक्रवातलाई ‘क्याटागोरी’ पाँच आँधीका रूपमा परिभाषित गरिएको छ। बिबिसीका अनुसार वर्षासहितको उक्त आँधीको गति प्रतिघण्टा २५० किलोमिटर छ। अधिकारीका अनुसार रोहिंगा शरणार्थी शिविरमा चेतावनी स्वरूप रातो झन्डा उठाइएको छ। बंगलादेशमा यो चक्रवात पछिल्लो दुई दशकयताकै सर्वाधिक शक्तिशाली रहेको बताइएको छ।

‘मोका’ नाम दिइएको उक्त चक्रवातलाई ‘क्याटागोरी’ पाँच आँधीका रूपमा परिभाषित गरिएको छ। बिबिसीका अनुसार वर्षासहितको उक्त आँधीको गति प्रतिघण्टा २५० किलोमिटर छ।

बंगलादेश सरकारले शरणार्थीलाई शिविरबाट बाहिर जान नदिने भएकाले सम्भावित जोखिमबाट उनीहरूलाई कसरी जोगाउने भन्ने विषयले चिन्ता थपेको बिबिसीले जनाएको छ। शरणार्थी मामिला हेर्ने बंगलादेशका अधिकारीले भने सम्भावित संकटसँग जुध्ने तयारी भइरहेको बताएका छन्। यसका लागि गैरसरकारी संस्थाहरूसँग मिलेर काम भइरहेको समाचारमा जनाइएको छ।

नेपालमा न्यून प्रभाव

बंगालको खाडीमा उत्पन्न शक्तिशाली चक्रवातको प्रभाव नेपालमा खासै नपर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बंगालको खाडीमा उत्पन्न चक्रवात उत्तर-पूर्वी दिशातर्फ उन्मुख भएकाले त्यसको असर नेपालमा उल्लेखनीय रूपमा नपर्ने जनाएको हो। महाशाखाका मौसमविद् रोजन लामिछानेले नेपालको पूर्वी आकाशमा बादल देखिए पनि त्यसको प्रभाव खासै ठुलो नपर्ने बताए।  

प्रकाशित: १ जेष्ठ २०८० ०१:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App