अन्तर्राष्ट्रिय

इन्डोनेसियाली प्रहरीको फायरिङबाट आईएस कार्यकर्ता मारिए

बन्डुङ्ग (इन्डोनेसिया)—इन्डोनेसियाली प्रहरीद्वारा सोमबार इस्लामिक स्टेट आवद्ध एक व्यक्ति मारिएका छन्।  सरकारी कार्यालयनजिकै राखिएको बम विस्फोटपछि भएको दोहोरो गोली हानाहानमा ती व्यक्ति मारिएका हुन्।

जाभा द्विपको बन्डुङ्ग सहरमा भएको यस घटनामा आइएस आवद्ध व्यक्ति बाहेक अरु कसैको पनि हताहतको खबर नभएको जनाइएको छ।

जाभा द्विपको बन्डुङ्ग सहरमा भएको यस घटनामा आइएस आवद्ध व्यक्ति बाहेक अरु कसैको पनि हताहतको खबर नभएको जनाइएको छ।

सरकारी कार्यकालको विपरित दिशामा दोहोरो गोली हानाहान हुनुभन्दा पहिले एक पार्कमा प्रेसर कुकर बम विस्फोट भएको थियो।

स्थानीय समयाअनुसार सो बिहान ८:३० बजे विस्फोट गराइएको थियो। सुरक्षा अधिकारीसँग दोहोरो गोली हानाहानपछि पेटमा गोली लागेर घाइते भएका ती व्यक्ति अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

प्रहरीका अनुसार ती आक्रमणकारी आइएस समर्थक सञ्जाल ‘जमाआह एनशारुत दउलाह’का सदस्य हुन्। सो सञ्जालले मुसलमानको बाहुल्यता रहेको इन्डोनेसियामा गतवर्ष शृङ्खलाबद्ध रुपमा बारम्बार आक्रमण गरेको दाबी गरेको थियो। रासस/एएफपी

प्रकाशित: १६ फाल्गुन २०७३ १३:१५ सोमबार

इन्डोनेसियाली प्रहरीको फायरिङबाट आईएस कार्यकर्ता मारिए