अन्तर्राष्ट्रिय

उडिरहेको विमान सपिङ सेन्टरमा ठोक्किएर विस्फोट, ५ जनाको मृत्यु

मेलबर्न—अष्ट्रेलियाको प्रमुख सहर मेलबर्नको सपिङ सेन्टरमा एउटा विमान ठोक्किएर दुर्घटना हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको छ। मेलबर्नको स्माल एसेन्डन विमानस्थलबाट उडेको सो विमान इन्जिन फेल भएपछि एउटा सपिङ सेन्टरमा गएर ठोक्किएको थियो।

मेलबर्नको स्माल एसेन्डन विमानस्थलबाट उडेको सो विमान इन्जिन फेल भएपछि एउटा सपिङ सेन्टरमा गएर ठोक्किएको थियो।

मेलबर्नको स्माल एसेन्डन विमानस्थलबाट उडेको सो विमान इन्जिन फेल भएपछि एउटा सपिङ सेन्टरमा गएर ठोक्किएको थियो।

ठोक्किएपछि विमान विस्फोट भएर धुँवाको मुस्लो निस्किएको थियो। दुई इन्जिन भएको वीचक्राफ्ट प्लेन दुर्घटना भएर सपिङ सेन्टर पछाडिको वायर हाउसमा खसेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

प्रहरीका अनुसार प्लेन ठोक्किँदा त्यहाँ भित्र रहेका कसैको पनि मृत्यु भएको छैन। सपिङ सेन्टर बन्द रहेका कारण त्यहाँ मान्छेको चहलपहल थिएन। भिक्टोरिया प्रान्तका प्रहरी मन्त्री लिसाका अनुसार प्लेन तास्मनियाँ किङ आइल्याण्ड गइरहेको थियो। उनले विमानमा सवार पाँचै जनाको मृत्यु भएको जानकारी दिए।

दुर्घटनामा परेको सो प्लेन चार्टर्ड उडानमा थियो। सपिङ सेन्टरले वेयर हाउसमा प्लेन खसे पनि सबै कर्मचारी सुरक्षित रहेको जनाएको छ।

सेन्ट्रल मेलबर्नभन्दा करिब १३ किलोमिटर टाढाको एसेन्डन विमानस्थल सामान्यतया हल्का विमानहरुले प्रयोग गर्ने विमानस्थल हो। वीचक्राफ्ट बी २०० किङ एयर विमान बिहान ९ बजे विमानस्थलबाट उडेको थियो।

भिडियो

उडिरहेको विमान सपिङ सेन्टरमा ठोक्किएर विस्फोट जनाको मृत्यु