अन्तर्राष्ट्रिय

भारतको खरगोनमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु, २५ घाइते

तस्बिर साैजन्यः आजतकबाट

मध्य प्रदेशको खरगोन जिल्लामा मङ्गलबार एक निजी यात्रुवाहक बस पुलबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

सो घटना मङ्गलबार बिहान जिल्लाको ओन प्रहरी चौकी अन्तर्गत दसङ्गा क्षेत्र नजिकै डोङ्गरगाउँ पुलमा भएको हो। घटनाको जानकारी पाएलगत्तै प्रहरी प्रशासन र एम्बुलेन्स घटनास्थलमा पुगेर उद्धार कार्य शुरु गरेको थियो।

खरगोनका प्रहरी उपरीक्षक ९एसपी० धरमवीर सिंहले  भनेका छन्( ूखरगोनको पुलबाट बस खसेर १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। उद्धार कार्य जारी छ।ू

प्रदेश सरकारले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई रु चार लाख, गम्भीर घाइतेलाई रु ५० हजार र सामान्य घाइतेलाई रु २५ हजार तत्काल उपलब्ध गराउने घोषणा गरेको छ ।

घटना बारे अनुसन्धान जारी छ ।

प्रकाशित: २६ वैशाख २०८० ०७:३२ मंगलबार

भारतको खरगोनमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु २५ घाइते