अन्तर्राष्ट्रिय

किम जोङ नामको हत्या अभियोगमा दुई महिला पक्राउ

मलेसिया- उत्तर कोरियाका सर्वोच्च नेता किम जोङका दाजु किम जोङ नामको हत्या अभियोगमा दुई महिला पक्राउ परेका छन्। उनीहरुलाई मलेसिया विमानस्थलबाट पक्राउ गरिएको हो। हत्या आशंकामा प्रहरीले इन्डोनेसियन पासपोर्ट भएका ती महिलाहरुलाई पक्राउ गरेको हो। ती महिलाहरु मलेसिया भ्रमणमा आएको बताइएको छ।

मलेसियन प्रहरीले जोङको केमिकल आक्रमणबाट हत्या भएको बताएको छ। हत्याको प्रमाण फेला नपारेसम्म जोङको दाहसंस्कार नगर्ने सरकारले घोषणा गरेको छ। 'जोङ नामको पासपोर्टमा मलेसिया आएका ती महिलाहरुले केमिकल आक्रमण गरेको तथ्य फेला परेको छ,' मलेसियन प्रधान्मन्त्री अहमद जहिड हमानकाले भनेका छन्, 'ती महिलाहरु 'एलओएल' लेखिएको सेतो टिसर्ट लगाएकी थिइन्। प्रहरीले उनीहरुसँग बयान लिइरहेको छ।'

किम गत सोमबार मलेसियाको एयरपोर्टमा मृत अवस्थामा भेटिएका थिए। उनी उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनका दाजु हुन्। उनी कोरियाका पूर्व शासक कोम जोङ इलका साउतेनी आमापट्टिका जेठा छोरा हुन्।

प्रकाशित: ५ फाल्गुन २०७३ ०९:२९ बिहीबार

किम जोङ नामको हत्या अभियोगमा दुई महिला पक्राउ