अन्तर्राष्ट्रिय

विषाक्त खानाका कारण छ जनाको मृत्यु

हनोइ—भियतनामको उत्तरी क्षेत्रमा पर्ने चाउ प्रदेशमा विषाक्त खानाका कारण छ जनाको मृत्यु भएको छ। अन्य १० जना सिकिस्त विरामी भएका छन्। 

स्थानीय अधिकारीले मङ्गलबार दिएको जानकारीअनुसार, सिकस्त विरामी सबैलाई अस्पतालमा भर्ना गरिएको छ। 

एउटा अन्त्यष्टि कार्यक्रमपछि भएको सामुहिक भोजमा खाना खाएकामध्ये छ जनाको मृत्यु हुनुका साथै १० जना सिकिस्त बिरामी भएको प्रारम्भिक विवरणमा जनाइएको छ। 
 

प्रान्तीय अस्पतालका निमित्त प्रमुख हा त्रुङ दुङले उनीहरुलाई सोमबार राति अवेर अस्पतालमा भर्ना गरिएको हो। अस्पतालमा भर्ना भएका मध्ये एक जनाको अवस्था गम्भिर रहेको उनले बताए।

घटनाका बारेमा थप अध्ययन अनुसन्धान भइरहेको स्थानीय अधिकारीले जानकारी दिएका छन्। रासस/सिन्ह्वा

प्रकाशित: ४ फाल्गुन २०७३ ०७:५७ बुधबार

विषाक्त खानाका कारण जनाको मृत्यु