अन्तर्राष्ट्रिय

अमेरिकाकै ठूलो बाँध भत्किने खतरा

क्यालिफोर्निया- अमेरिकाको उत्तरी राज्य क्यालिफोर्नियामा रहको अमेरिकाकै सबैभन्दा ठूलो बाँध भत्किने खतरा देखिएपछि त्यस क्षेत्रमा बसोबास गर्ने १ लाख ८० हजार मानिसलाई त्यस क्षेत्र खाली गरी सुरक्षित स्थानतर्फ जान प्रशासनले भनेको छ।

७७० फिट अग्लो 'ओरोभिले' बाँधको आपतकालीन निकास नजिकै ठूलो प्वाल परेर पानी बगिरहेकोले बाँध भत्किन लागेको अधिकारीले बताएका छन्।

बाँधको प्वालबाट बगिरहेको पानी हाल रोकिएपनि आइतबार अबेर 'बुट काउन्टी सेरिफ कोरी होनिया'ले घर खाली गर्न र सुरक्षित स्थानतर्फ दिएको आदेश जारी रहेको बताएका छन्।

लामो खडेरी पछि भएको ठूलो वर्षात र हिउँका कारण बाँधमा पानीको सतह बढेको थियो। पानीको सतह बढेपछि बाँधको कमजोर भागमा प्वाल परेको बताइएको छ। क्यालिफोर्निया जलस्रोत विभागका अनुसार ५० वर्ष लामो इतिहासमा ओरोभिले तालको बाँधमा यस्तो आपतकालीन अवस्था आएको पहिलो चोटी हो।

क्यार्लिफोनिया जलस्रोत विभागले आइतबार दिउँसो बताएअनुसार बाँधमा प्वाल पर्नु भन्दा अगाडी बाँधको मुख्य निकासबाट प्रति सेकेण्ड एक लाख क्यिुबिक फिट पानी बगाएर ताललाई निकास दिने गरिन्थ्यो। आइतबार सामाजिक संजालमा जारी गरिएको विज्ञप्तिमा बाँधमा देखिएको सानो दुलो तालको निकास नभएर ताल फुटेको प्रमाण भएको बताउँदै तालको नजिक नबस्न र सुरक्षित क्षेत्रमा जानका लागि तालको वरपर बस्ने बासिन्दालाई त्यस क्षेत्र खाली गर्न तीन पटक भनिएको थियो।

प्रकाशित: ३ फाल्गुन २०७३ ०४:०१ मंगलबार

अमेरिकाकै बाँध भत्किने खतरा