अन्तर्राष्ट्रिय

आफ्नै गार्डद्वारा गोली हानी कुटिनीतिज्ञको हत्या

इस्लामाबाद— अफ्गानिस्तानका एक कुटिनीतिज्ञको गोली हानी हत्या गरिएको छ। पाकिस्तानको दक्षिणी सहर कराँचीमा रहेको अफ्गानिस्तानको वाणिज्य दुतावासमा तृतीय तह सचिव पदमा कार्यरत मोहम्मद जाकी अब्दुको हत्या भएको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

अफगानिस्तानकै वाणिज्य दुतावासमा काम गर्ने रहातुल्लाह नाम गरेका सुरक्षा गार्डले उनको हत्या गरेका हुन्। 

फगानिस्तानकै वाणिज्य दुतावासमा काम गर्ने रहातुल्लाह नाम गरेका सुरक्षा गार्डले उनको हत्या गरेका हुन्। 

अफगानी वाणिज्य दूतावासका प्रवक्ता हरिस खानले घटना बारे भने, ‘हामी काम गरिरहेको समयमा एक्कासि गोली चलेको आवाज सुनियो । हतारमा सबैजना अब्दुको नजिक पुग्दा उनी बेहोस भइसकेका थिए ।’

इस्लामाबादमा रहेको अफ्गानिस्तानको राजदुतावासले एक विज्ञप्ति निकाल्दै मृत्यु हुने कुटनीतिज्ञको बारेमा केही नबताए पनि गोली हान्ने सुरक्षा गार्ड भने अफ्गानिस्तानकै गार्ड रहेकोे बताएको छ।

हत्या किन गरियो भन्ने बारेमा पनि केही जानकारी बाहिर आएको छैन। गोली हान्ने उक्त सुरक्षा गार्डलाई पाकिस्तानी प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको पनि बताइएको छ।

प्रकाशित: २५ माघ २०७३ ०५:१२ मंगलबार

आफ्नै गार्डद्वारा गोली हानी कुटिनीतिज्ञको हत्या