अन्तर्राष्ट्रिय

टर्कीमा भूकम्प गयो, स्थानीय पाँच गाउँका घर क्षतिग्रस्त

इस्तानबुल- टर्कीमा ५.३ रेक्टरस्केलको भूकम्प गएको छ। टर्की भूकम्प मापन केन्द्रका अनुसार स्थानीय ६:५१ बजे भूकम्प गएको हो। भूकम्पमा परी कम्तीमा चार जना घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार उत्तर दक्षिणको क्यान्कल क्षेत्रको पाँच गाउँका घरहरु क्षतिग्रस्त बनेको छ।

दी स्टेट रन अन्डोलु एजेन्सीका अनुसार  तसगिल, तुज्ला, युकरी, क्याम र गुल्पिनार गाउँका घरहरु भत्किएका छन्।

केही समयपछि नै ४.९ रेक्टरस्केलको परकम्पन पनि आएको एजेन्सीले उल्लेख गरेको छ।

 

प्रकाशित: २४ माघ २०७३ ०८:१२ सोमबार

टर्कीमा भूकम्प गयो स्थानीय गाउँका घर क्षतिग्रस्त